stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल उद्योग बाणिज्य महासंघको साधारणसभा चैत २८ र २९ गते हुने निश्चित   

Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । आइतबार, ११ फागुन २०७६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधरणसभा चैत २८ र २९ गते हुने निश्चित भएको छ।  साधरणसभाकाे निश्चित समय ताेक्नका लागि  आइतबार समितिको बैठक बस्ने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

उनले साधरणसभा कुनै पनि हालतमा पछाडि नधकेलिने बताइन् । उनले आइतबार समितिकाे बैठक बसेर साधरणसभाकाे एकिन समय ताेक्ने बताइन् ।

उक्त सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधान अनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने छन् ।महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ।

त्यसैकारण अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन ।

तर, चैतमा हुने अधिवेशनले गोल्छा पछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छा पछिको महासंघको अध्यक्ष बन्नेछ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो ।

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ ।

prabhu mahalaxmi
kumari