citizens life insurance long ad
stcnepal long ad

एमाले केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज शुक्रबार प्रतिवेदनहरुमाथि समूहगत छलफल हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। यस्तै, २ वटा गैरभौगोलिकसहित ९ वटा प्रदेश कमिटीले मिसन ग्रासरुट अभियानससम्बन्धी प्रतिवेदन पेस गरका थिए।

बैठक शुक्रबार बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ। बिहान ८ बजेदेखि १२ बजेसम्म ८ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ।

पार्टी महासचिव शंकर पोखरेलले मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिन कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा समूहगत छलफल हुने जानकारी दिए।

समूहगत छलफलफछि प्रदेश कमिटीका अध्यक्षहरुले सुझाव प्रस्तुत गर्नेछन्। सुझाव पेस गर्न हरेक प्रदेश अध्यक्षका लागि १० मिनेटको समय उपलब्ध गराइने छ।

प्रदेश अध्यक्षहरुले सुझाव पेस गरिसकेपछि शुक्रबार नै स्थायी कमिटीको बैठक पनि बस्ने महासचिव पोखरेलले जनाएका छन्।

प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले पार्टीको आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने महासचिव पोखरेलको भनाइ छ।

IME Life
kumari