stcnepal long ad
himalayan Everest Insurance long ad

आज उपसभामुख निर्वाचनका लागि मनोनयन

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।सघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

मतदान भोलि (शनिबार) दिउँसो १ बजेबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा तय गरिएको छ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ ।

रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने जानकारी दिएका छन् । रास्वपाबाट उपसभामुख उम्मेदवारमा सोविता गौतमको चर्चा छ ।

डा .चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा राना मगरलगायत आकाङ्क्षी देखिए पनि गौतम प्रत्यक्ष निर्वाचित भएकाले उनको सम्भावना बढी भएको बताइएको छ । सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

६ माघ २०७९, शुक्रवार ०६:५४ बजे प्रकाशित

NTA long ad