घरजग्गा राजस्व १३६ प्रतिशत कम
काठमाडौं । घरजग्गा कारोबारबाट हुने राजस्व संकलन आधाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा घरजग्गा कारोबारबाट ३९ अर्ब ९३ करोड राजस्व संकलन भएको थियो ।
यो वर्ष अर्थतन्त्रमा देखिएको सिथिलताको असर घरजग्गाबाट उठ्ने राजस्वमा पनि परेको छ । चालू आ।व।को ६ महिनामा १६ अर्ब ८८ करोडमात्र घरजग्गाबाट राजस्व संकलन भएको छ ।
यो रकम गत वर्षको तुलनामा १३६।५५ प्रतिशत कम हो । यसअघिका वर्षहरूमा यो दरमा राजस्व कम उठेको थिएन् ।
प्रत्येक वर्ष राजस्व बढ्दै गएका कारण सरकारले पनि यो क्षेत्रबाट उठ्ने राजस्वको लक्ष्य वार्षिक रूपमा बढाउँदै आएको छ ।आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।