citizens life insurance long ad
stcnepal long ad

कार्यदलको काम चाँडो सक्न प्रधानमन्त्रीको निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

सत्ता गठबन्धनको आइतबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभयो । मन्त्री कार्की कार्यदलको सदस्य हुनुहुन्छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले एउटा निर्देशन दिएको छ ।

केही दिन अगाडि बनेको सिट बाँडफाँट कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन गरेको हो ।”

यसैगरी, बैठकले सरकारलाई काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापन हुन नसक्दा देखिएका समस्यालाई तत्काल समाधान गर्न आवश्यक पहलकदमी गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले महँगी नियन्त्रण गर्न अनुगमन कार्यलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउन पनि सरकारलाई सुझाव दिने निर्णय गरेको उल्लेख गर्नुभयो ।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायतका शीर्षस्थ नेताहरु सहभागी हुनुहुन्थ्यो ।

सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय सिट बाँडफाँट सम्बन्धी कार्यदल गठन गरिसकेको छ ।

IME Life
kumari