citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध उम्मेदवारी दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो ।

शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने बताएका हुन ।

सो समूहले आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।

समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफैं उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।

‘कांग्रेसका मतदाताले चुनाव चिन्हमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु,’ नेता सापकोटाले भन्नुभएको छ ।

यस्तै, चितवन कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले पनि आफूहरु पछि नहट्ने प्रष्ट पार्नुभएको छ ।

गत स्थानीय चुनावमा कांग्रेसको असन्तुष्ट समूहले भरतपुरको मेयरमा दाहालकी छोरी रेनु विरुद्ध जगन्नाथ पौडेललाई उम्मेदवार बनाएको थियो । पौडेलले १५ हजार मत ल्याउनु भएको थियो ।

himalayan life insurance
igi long