citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राजधानीको फोहोर उठ्न थाल्यो, एकैदिन १ सय ४३ ट्रक ल्याण्डफिल लगियो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सुरक्षाकर्मीको सहयोगमा काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर बिसर्जन गरेको छ ।

गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिन सहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यका लगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राइ सहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपुर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन शुरु गरेको हो ।

कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा आज १ सय ४३ ट्रिप फोहोर ल्याण्डफिल साइटमा बिसर्जन गरेको जानकारी दिए ।

स्थानीय अवरोधको कारण केही दिनयता उपत्यकाका १७ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।

विभिन्न माग राखि आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार राती फोहोर बोक्ने सवारी साधन तोडफोड गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख राईले अहिले कामपाले क्षतिपुर्ति दिने र पछि तोडफोडको घटनामा संलग्नमाथि कारबाही गरी क्षतिपुर्ति असुल्ने जनाएपछि फोहोर व्यवस्थापन सुचारु भएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long