stcnepal long ad
global ime bank long

नेपाल परिवार दलका अध्यक्ष भारत भ्रमणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । स्थानीय तहको निर्बाचन सम्पन भएर मतगणना अन्तिम चरणमा पुगेको बेला नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल तिन दिने भ्रमणको लागी सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।

नेता ढकालले दिल्ली स्थित ‘कन्ष्टिटुशन क्लब अफ इंडिया’ मा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्ने ढकालको सचिवालयले जनाएको छ ।

तीन दिन भारत बसाईका क्रममा अध्यक्ष ढकालले भारतीय नेताहरुसंग पनि आपसी हित र विश्व शान्तिको बारेमा छलफल गर्ने भ्रमण दलका सदस्य तथा परिवार दलका महामन्त्री सन्तोष पौडेलले जानकारी दिए।

ढकाल ‘इन्टरनेश्नल एशोशिएशन अफ पार्लियामेनटरिएन फर पिस’ एशिया प्याशिफिकका अध्यक्ष समेत हुन्। हालै सम्पन्न स्थानीय तहको निर्बाचनमा ढकाल नेतृत्वको नेपाल परिवार दलले नेकपा एमाले संग तालमेल गरेको थियो।

निर्बाचन लगतै अध्यक्ष ढकालको भारत भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूण रुपमा हेरिएको छ । ढकालको भारतका उच्च स्तरीय नेताहरुसँग राम्रो सम्बन्ध छ ।

IME Lifesidebar
kumari