stcnepal long ad
global ime bank long

नक्कली भ्याट बिल बनाउने निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि आज जानकारी दिइएको हो ।

 

 

विभागले मूल्य अभिवृद्धिकरतर्फ रु दुई करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको रु पाँच करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ ।

विभागले बिगो र जरिवाना सहित रु १५ करोड ९७ लाख पाँच हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

IME Lifesidebar
kumari