stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल परिवार दलले साचो र सुर्य चिन्नमा भोट माग्न थाले

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । नेकपा एमाले सँग पाचँ बुदे सहमति गरेर बैशाख ३० गते हुने निर्बाचनमा सहकार्य गरेको नेपाल परिवार दलले साचो र सुर्य चिन्नमा भोट माग्न थालेको छ । परिवार दलले स्थानीय निकार्य गाउँपालिका तथा नगरपालिकाहरु तथा महानगरपाकिलाहरुमा परिवार दलको चुनाव चिन्ह ‘साँचो’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आवहान गरेको छ ।

परिवार दल अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको दलको कार्यसम्पादन समिति तथा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठक पछि बोल्दै दलका अध्यक्ष एकनाथ ढकालले चैत्र ३० गते नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा परिवार दलले आफ्नो पार्टीका उम्मेदवारनभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी आपसी सहकार्य गर्न भएको सहमती बमोजिम गर्न आग्रह गरेका छन् ।

परिवार दलका सदस्यहरु, शुभचिन्तक तथा मतदाताहरुलाई नेपाल परिवार दलले का आफ्ना उम्मेदवार भएका गाउँ तथा नगरपालिकाहरुमा पार्टीको चुनाव चिन्ह ‘साँचो’ मा मतदान गर्नुहुन र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न आग्रह गरेको छ ।
परिवार दलले एमालेसँग तालेमलमा २२ जिल्लामा २९ जना उम्मेदवबार बनाएको छ ।

जसले एमालेको चुनाब चिन्ह सुर्यबाट उम्मेदबारी दिएका छन् । नेपाल परिवार दलले एक्लैले तीन दर्जन भन्दा बढी स्थानमा उम्मेदबारी दिएको छ ।

परिवार दलले देशकै ठूलो महानगरपालिका काठमाण्डौ महानगरपालिकाको प्रमुखमा पियारत्न मर्हजन सहित नगरपालिका तथा गाउँपालिका गरी १० स्थानमा उम्मेदबारी दिएको छ ।

परिवार दलले महानगरपालिकामा ३ उपमहानगरपालिकामा १ नगरपालिकामा ८ गाउँपालिकामा २ बडा अध्यक्षमा १८ तथा बडा सदस्यमा ३६ जनाले उम्मेदबारी दिएको परिवार दलका प्रवत्ता रुपसिह भण्डारीले जानकारी दिए ।

परिवार दलले संखुवासभामा पाँचखन नगरपालिका बडा नं ४ मा नेपाली काग्रेससँग तालमेल गरी बडा सदस्यमा राधिका बस्नेतलाई उम्मेदबार बनाएको छ ।

यस्तै परिवार दलले बिर्तामोड नगरपालिकाको मेयरमा केदार ढुङाना बिराटनगर महानगरपलिाकाको मेयरमा महेश निरौला, भोजपुर नगरपालिका मेयरमा राम श्रेष्ठ, खाँदबारी नगरपाकिला मेयरमा हिरा नेपाल, चैनपुर नगरपालिका मेयरमा चन्द्रा डाँगी , धादिङको ज्वालामुखी गाउपालिकाको अध्यक्षमा दिपक सापकोटा ,गारेखा जिल्ला पालुङटार नगरपाकिला ६ को बडा अध्यक्षमा प्रेम खड्का दैलेखको पञ्चपुरी नगरपलिका मेयरमा धिरेन्द्र कुमार बयक क्षेत्री, दैलेख ठाटी काध गाउँपालिका २को बडा अध्यक्षमा मान बहादुर थापा लाई उम्मेदवार बनाएको छ ।
परिवार दलको आजकै बैठकले स्थानीय तहको निर्बाचनलाई प्रभाबकारी ढंगबाट आफनो दलको पक्षमा पार्नको लागि उम्मेदबारी दर्ता गराएका स्थानीय निकायहरुमा १०१ सदस्यीय निर्बाचन परिचालन समिति समेत गठन गरेको छ ।

बैठकले आफुले उम्मेदबारी दिएको निर्बाचन क्षेत्र बाहेका सबै क्षेत्रमा एमालेका उम्मेदबारहरुलाई सघाउने निर्णय गरेको छ । बैठकले केन्द्र देखि गाउँ स्तरका कार्यकर्ता सहित सम्पूर्ण मतदातालाई सक्रियाता पूर्वक निर्बाचनमा सहभागिता जनाउन अपिल गरेको छ ।

prabhu mahalaxmi
kumari