citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

 आज राप्रपाको पदाधिकारी बैठक बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सरकोकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाईएको हो ।

पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । गत मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानविन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै थापाले पार्टी परित्याग गर्नुभएको हो ।

धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने बैठकमा पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको कसरी अन्त्य गर्ने, पार्टीलाई सम्भावित विभाजनबाट कसरी जोगाएर आगामी निर्वाचनमा सफलता कायम गर्ने भन्ने विषयमा छलफल गरिने बताईएको छ ।

बैठकमा देशभर पार्टीको राजनीतिक तथा सामाजिक गतिविधि सञ्चालनसम्बन्धी आवश्यक कार्ययोजनामा समेत छलफल हुनेछ । राप्रपामा अध्यक्ष सहित निर्वाचित सात तथा मनोनीत २४ गरी ३१ पदाधिकारी छन् ।

IME Life
kumari