citizens life insurance long ad
stcnepal long ad

अर्बपति चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन निर्वाचन आयोगमा उजुरी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसको मधेसी केन्द्रीय सदस्य सिटमा विजयी भएका अर्बपति उद्यमी विनोद कुमार चौधरीलाई पदमुक्त गर्नुपर्ने माग सहित निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिरहा क्षेत्र.३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको भन्दै आयोग समक्ष पदमुक्तको माग गर्दै हिजो एक उजुरी दर्ता गराएका छन् ।

सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा पटक(पटक भन्दा पनि कुनै सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाई समेत जोडेर गत १४ ओैं महाधिवेशनमा खुला मधेसीतर्फ छैठौं स्थानको मत प्राप्त गरेका यादवले चौधरीलाई पदमुक्त गर्न आयोगमा निवेदन दिएका हुन् ।

चौधरीलाई पदमुक्त गरी सो स्थानमा आफूलाई विजयी भएको मान्यता दिन पनि डा. यादवले निर्वाचन आयोग समक्ष माग गरेका छन ।

कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट चार महिला सहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ।

यो विधानको व्यवस्था उल्लेख गर्दै उजुरीमा भनेका छन्, ‘मधेसी खुला पदमा निर्वाचित भएको भनिएको विनोद कुमार चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ ।’

उनी चौधरीसँग पराजित भएका थिए । संविधान सभा निर्वाचनमा कांग्रेस निकट रहेर सभासद रहेका चौधरी बीचमा एमाले प्रवेश गरेका थिए र फेरि ०७४ सालमा सांसद पाउने भएपछि कांग्रेसमा पुनस् प्रवेश गरेका थिए।

‘नेपाली कांग्रेसको विधानविपरीत निवाचित भनिएको चौधरीको सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालय र कांग्रेस केन्द्रीय निर्वाचन समितिमा उजुरी गर्दा पनि कुनै सुनुवाई नगरेबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४, १५, १७, ५७ समेतको आधारमा प्रस्तुत उजुर निवेदन पत्र पेस गरेको छु,’ यादवले उजुरीमा उल्लेख गरेका छन् ।

यादवले चौधरी एमालेमा रहेको प्रमाणसमेत पेस गरेर उजुरी गरेको जनाएका छन् । उजुरीको आधार हेर्दा उनको कांग्रेसको क्रियाशिल सदस्यता लिएको १० वर्ष पुगेको देखिदैन।

तर अरू पार्टीबाट प्रवेश गर्नेका हकमा सो पार्टीमा क्रियासिल सदस्य भएको समयलाई नै आधार मानि पार्टी प्रवेश गरेको मान्ने व्यवस्था छ। त्यसो त विजय कुमार गच्छदार, रामजनम चौधरी, सुनिल कुमार थापाको पनि कांग्रेसको सदस्य लिएको १० वर्ष पुग्दैन कांग्रेस उच्च स्रोतले भन्यो।

IME Life
kumari