हिमालयन जनरल इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको हिजो पुस २१ गते बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब बाँडफाँडका लागि उपलब्ध रकमबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १० करोड ३ लाख ३६ हजार ७०० रुपैयाँको कुल ७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
जसमा ६.६५ प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ७२ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ३८ लाख ५१ हजार १७९ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी २८ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


























