citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

काभ्रेका चार नेतालाई हटाइएकोमा कमल थापाको आपत्ति

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं। राप्रपा पूर्वअध्यक्ष कमल थापाले काभ्रे जिल्ला पार्टीका चार जिल्लास्तरीय नेतामाथि भएको कारबाहीप्रति आपत्ति जनाएका छन् । थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको भन्दै आपत्ति जनाएका हुन् ।

लिङ्‍लेनले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको पदाधिकारी बैठकलेले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।

ुराप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ ।

सो निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, उनले ट्वीटरमा लेखेका छन् ।

राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन

himalayan life insurance
igi long