कांग्रेसको १२४ जना निर्वाचित केन्द्रीय समितिको घोषणा
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको मतगणना कार्य सम्पन्न भएको छ। गत मंसिर २४ गते उदघाटन भएर २७ गते निर्वाचन भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको मतगणना हिजो पुस ८ गते बिहीबार साँझ सकिएको छ।
१४ओैं महाधिवेशन उदघाटन भएको १४ दिनको दिन मतगणना सकिएको छ। कांग्रेसले मंसिर २४ गते राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उदघाटन गरेको थियो।
सभापतिको मतगणना महाधिवेशन स्थल भृकुटीमण्डपमा गरेको कांग्रेसले पदाधिकारी सहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा गरेको थियो।
सभापति चयनका लागि दुईचरणमा मतदान भएको थियो, शेर बहादुर देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए।
कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री सहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा मनोनयन गर्न पाउने नेपाली कांग्रेसको विधानमा ब्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रमा को–को भए विजयी
पदाधिकारी (१३ जना) :
सभापति : शेरबहादुर देउवा
उपसभापति (२ जना) : पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री (२ जना) : गगन कुमार थापा र विश्वप्रकाश शर्मा
सहमहामन्त्री (८ जना) : महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठौर, महेन्द्र यादव, उमाकान्त चौधरी
केन्द्रीय सदस्यहरु
खुला तर्फ (३५ जना) :
डा.शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, डा।रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, डा।गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, इ।मोहन आचार्य, डा।गोपाल दहित र कृष्णकिशोर घिमिरे ।
महिला खुलातर्फ (जना) :
डिला संग्रौला पन्त, पुष्पा भुसाल, डा.आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमती शाही ।
आदिवासी जनजातितर्फ (७ महिलासहित १५ जना) :
चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजिमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।
खसआर्य तर्फ (६ महिलासहित १३ जना) :
केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाँण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।
दलित तर्फ (४ महिलासहित ९ जना) :
मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी,
लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।
मधेशी तर्फ (४ महिलासहित ९ जना) :
अजयकुमार चौरसिया, डा.चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।
थारू तर्फ (२ महिलासहित ४ जना) :
रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।
मुस्लिम तर्फ (१ महिलासहित ३ जना) :
अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।
अल्पसंख्यकतर्फ (१ जना) :
प्रदीपकुमार सुनुवार
अपाङ्गता भएकातर्फ (१ जना) :
मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना) :
अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३/३ गरी २१ जना) :
प्रदेश १:
अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
प्रदेश २:
रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव
बागमती:
राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
लुम्बिनी:
देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
गण्डकी:
ध्रुब वाग्ले, कृष्णचन्द्र नेपाली पोखरेल र सरस्वती अर्याल तिवारी
कर्णाली:
कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
सुदूरपश्चिम:
यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट


























