एमालेका पाेलिटव्युराे र केन्द्रीय सदस्य मनाेनयन
काठमाडौं । नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गरेकाे छ । साथै केन्द्रीय सदस्यमा समेत मनोनित गरेको छ । आज मंसिर २६ गते बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी समेत गठन समेत गरेको एमालेले जनाएकाे छ ।
केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानभुक्त ढकाल, मणि थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, शम्भू साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्ण बहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा र शेरबहादुर तामाङ चयन गरेको छ।
त्यसैगरी काशीनाथ अधिकारी, हिक्मत कार्की, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विक, कमल चौलागाई, बालकृष्ण ढुङ्गेल, ईश्वरबहादुर रिजाल, जीतु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल र लिलानाथ श्रेष्ठ लाई पाेलिटव्युराेमा चयन गरेको छ ।
बैठकले खेममान खड्का, राजेन्द्र रावल, नारदमुनी राना, सूर्य थापा, मना केसी, सुशीला नेपाल, पार्वत गुरुङ, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूँयाल, ठाकुर गैरे, तिलककुमार म्याङबाे, जुली कुमारी महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी ओली, नरुलाल चौधरी, कृष्णबहादुर राई, गुलाबजङ्ग शाह र लक्ष्मी पोखरेललाई पनि पाेलिटव्युराे चयन गरिएको छ।
त्यसैगरी बैठकले २९ जना पुरुष र १४ जना महिला सहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमा दल फडेरा, मानबीर राई, ऐन महर, चन्द्रमोहन श्रेष्ठ, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दङ्गाल, हरिकृष्ण ब्यञ्जनकार, सुवास देवकोटा, भिम केसी, लालबाबु पण्डितलाई मनोनित गरिएको छ ।
एकता प्रक्रियाबाट आएकामध्ये चन्द्रमोहन गौतम, रेशम लामा, दुर्गा प्रसाई, चुडा तामाङ, कृष्ण केसी, गोविन्द दुलाल, सहदेव बोगटी, कालसिं काउचा, विषमलाल अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
यसैगरि महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोक्का, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला पुर्जा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्याल, गीता कार्की, शान्ति अधिकारी, सरिता बराल, तारादेवी गुरुङ र रुक्मणि रानालाई मनोनित गरिएको छ ।
त्यसैगरी एमालेले सातवटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशको नेतृत्व परिवर्तन गर्दै नयाँ कार्य समिति चयन गरेको छ । प्रदेशमा प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य रहने गरी एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, महिलासहित दुई उपसचिव रहेको प्रदेश कमिटी गठन गरेको छ ।
जसमा अनुसार प्रदेश नं १ मा अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा चयन भएका छन् ।
यसैगरि प्रदेश नं २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा. कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन भएका छन ।
त्यस्तै वाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरूङ चयन भएका छन् । गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनन्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य चयन भएका छन् ।
लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारू चयन भएका छन् ।
बैठकले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाईं चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन भएका छन्।
उपत्यका विशेष अध्यक्षमा प्रेमकुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा समिर नेपाल, उपसचिवमा चन्द्र रिजाल र उर्मिला सुनुवार चयन भएका छन। प्रदेश सङ्गठन कमिटी आगामी माघ ८ गतेसम्मका लागि चयन गरिएको छ।
यही कमिटीले नयाँ नेतृत्व चयन गर्ने गरी जिम्मेवारी प्रदान गरिएको बताइएको छ । आजकै बैठकले चयन भएका पोलिटब्यूरो सदस्य मध्येबाटै स्थायी कमिटी सदस्य चयन गर्ने भएको बताइएकाे छ ।


























