citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लोसपाका लेखी एमालेमा प्रवेश

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज ५५ जना सहित नेकपा(एमाले) मा प्रवेश गरेका छन् ।
गोदावरीमा जारी नेकपा (एमाले) को विधान महाधिवेशनको अन्तिम दिन लेखी सहित ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

लेखी सहितको टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर लगाई स्वागत गरेका थिए ।लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । पछि महन्थ ठाकुरको पार्टीमा प्रवेश गरेका थिए।

त्यसपछि उनी विभिन्न पार्टी हुँदै पुनः एमालेमै प्रवेश गरेका हुन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी सदस्य थिए ।

उनले बिहीबार मात्र लोसपा कार्यकारिणी सदस्य पदबाट राजीनामा दिएका थिए । एमालेले लेखीलाई केन्द्रीय सदस्य बनाउने बताइएको छ।

himalayan life insurance
igi long