एमालेको निर्वाचन आयोग गठन
काठमाडौं । नेकपा (एमाले) ले आसन्न महाधिवेशनका लागि डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग घोषणा गरेको छ । ललितपुरको गोदाबरीमा भएको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले १५ सदस्यीय निर्वाचन आयोग प्रस्ताव गरे र जसलाई हलले स्वीकृत गरेको छ ।
आयोगको सदस्यहरुमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला रहेका छन् ।
यस्तै सुदूरपश्चिमबाट केवालाल चौधरी, लुम्बिनीबाट विमला विश्वकर्मा, गण्डकीबाट लोकबहादुर थापा र बागमतीबाट हिमकला गैरे आयोगको सदस्य चयन भएका छन् ।
























