citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

काठमाडौं महानगरमा नेकपा(एस) को कन्तबिजोग !

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका स्थानीय संसदीय दलका ९७ जना सदस्य मध्ये ९० जना सदस्य नेकपा (एमाले) मा रहेका छन।

७ जना सदस्यले मात्र नेकपा (एस) मा जान सनाखत गरेकोमा त्यस मध्ये एक जना कामनपा–६ बौद्वकी वडा सदस्य लक्ष्मी श्रेष्ठ पुन: एमाले संसदीय दलको बैठकमा उपस्थित भएर एमालेमै फर्किएकी छिन।

गत भदौं २७ गते काठमाडौं महानगरपालिकाको संसदीय दलको नेता तथा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा भएको काठमाडौं महानगरपालिका संसदीय दलको बैठकमा नेकपा (एस) मा सनाखत गरेकी काठमाडौं महानगरपालिका वडा नं ६ की सदस्य लक्ष्मी श्रेष्ठ पनि उपस्थित भएर आफू एमालेमै रहने बताएकी छिन ।

उनी समेत गरेर काठमाडौं महानगरपालिकाका ९१ जना जनप्रतिनिधि एमालेमा रहेका छन भने वडा नं ७ र १५ का दुई जना वडा अध्यक्ष र अन्य ४ जना वडासदस्य मात्र नेकपा(एस) मा गएका छन्।

काठमाडौं महानगरपालिकाबाट निर्वाचित जनप्रतिनिधि मध्ये नेकपा(एस) मा सनाखद गरि जानेहरूमा वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोल, वडा सदस्यहरु कृष्णप्रसाद घिमिरे र निर्मला पुडासैनी, वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र वडा सदस्य मैया लक्ष्मी श्रेष्ठ, वडा नं २७ का वडा सदस्य परिवेश बज्राचार्य रहेका छन।
कामनपा–६ बौद्वकी वडा सदस्य लक्ष्मी श्रेष्ठले नेकपा (एस) मा जाने सनाखत गरेपनि एमाले काठमाडौं महानगरपालिकाको संसदीय दलमा सहभागीता जनाएर आफू एमालेमै रहने बताएकी छिन तर उनको कानुनी हैसियत अब के हुने भन्ने अन्यौलता भने देखिएको छ।

 

gold
himalayan life insurance long ad