Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक : वरिष्ठ नेता पौडेल

civilbank long ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउनु भएको छ ।  क्रियाशील सदस्य छानबिन समितिले काम गरिरहेको ठाउँमा कामको शनिवार अवलोकन गर्न पुग्नुभएका नेता पौडेलले संवाददातालाई प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकाले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताउनुभयो । पार्टीको आउँदो नेतृत्व लिने व्यक्तिका लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको वरिष्ठ नेता पौडेलको भनाइ छ ।

समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उहाँले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न आफू तयार रहेको उहाँले खुलासा गर्नुभयो । तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने नेता पौडेलको तर्क छ ।

उहाँले महाधिवेशनका लागि आवश्यक आधारका रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुङ्गिने विश्वास आफूले लिएको बताउनुभयो ।

भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरीत हुने र पार्टीमाथि नै प्रश्न चिह्न खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताउनुभएको छ ।


२६ असार २०७८, शनिवार १८:२५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad