citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आफू निकटकालाई देउवाको निर्देशन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । शनिबार आफ्नै निवास बुढालनीलकण्ठमा बोलाएर आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । सो क्रममा देउवाले महाधिवेशनमा जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिए ।

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो ।

यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले आफूपक्षीय छानविन समितिका सदस्य सहितको छलफल गरेका हुन् । करिब ५ सय वडामा क्रियाशील सदस्यता सम्बन्धी समस्या राखेको संयोजक लेखकले बताएका थिए ।

gold
himalayan life insurance long ad