असार १८ मा जो आउछन् उसैलाई समेटेर ओली अघि बढने ?
काठमाडौ । नेकपा (एमाले) को विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली दुई स्टेप व्याक भएका छन्। असार १८ गतेको केन्द्रीय समितिको बैठकमा कारवाही गरिएका तथा आज अनौपचारिक रूपमा कारवाही फुक्का भएका माधव कुमार नेपाल सहित ११ जना नेता सहितलाई उपस्थिति का लागि बोलाइएको छ।
अध्यक्ष ओली असार १८ गते जो( जो आउछन उनीहरूलाई पुर्वाग्रह नराखि अधि बढने र १८ गते नआउनेहरूलाई ओली रेलले छाडेर जाने,फटाफट कारवाही गर्ने रणनीति बनाएको बुझिन आएको छ।
एमालेका नेताहरूको पुनर्मिलनका लागि असार १८ गते ‘अन्तिम डेडलाइन’ हुने भएको छ । २०७५ जेठ ३ अघिकै पदीय हैसियतमा माधव नेपाल पक्षलाई बोलाइएको बैठकमा सहभागी नभएमा त्यहि दिनबाट एकताका औपचारिक प्रयासलाई विश्राम दिइने अध्यक्ष केपी शर्मा ओली पक्षले संकेत गरेको छ ।
असार १६ गते एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग हुनुअघि बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले एकताका लागि हदैसम्म लचिलो र अपमानित भएर आफूले पहल गरेको भन्दै अब पनि बैठकमा नआए पर्खेर नबस्ने बताएका छन् ।
माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुसँगका चरणबद्ध अनौपचारिक छलफलपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कमिटीहरु ब्युँताएर बोलाइएको बैठकमा नेपाल पक्ष सहभागी नभए एमाले एकता नामको हालसम्मको प्रक्रियालाई च्याप्टर क्लोज गरिने ओली पक्षका नेताहरुले बताउछन्।
जेठ १८ गतेको बैठक नै एमाले सग्लै मिल्ने कि नमिल्ने भन्ने अन्तिम दिन हुने हुनेछ । अध्यक्षको आशय पनि असार १८ को बैठकमा पनि माधव नेपाल आएनन् भने एकताका नाममा थप समय खेर नफाल्ने भन्ने थियो ।
पार्टीलाई गतिहीन बनाएर एकताका नाममा बन्धक राख्नु हुन्न भन्ने नै बैठकको स्पिरिट देखिएको छ । त्यो बैठकमा नआएमा एमाले अघि बढ्नेछ ।
सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार सांसदलाई कारवाही गर्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको निर्णयमाथि प्रश्न उठाएपछि अदालतको आदेशको समेत सम्मान गर्दै एमालेले केन्द्रीय कमिटी ब्युँताएको छ ।
माधव पक्षको माग पनि सम्बोधन हुने र अदालतको आदेशको पनि पालना हुने अर्थमा यो निर्णयलाई लिइएको छ ।
यद्यपी एमालेभित्र माधव नेपाल कुनै पनि हालतमा अब फर्किदैनन् भन्ने निष्कर्ष नेताहरुले निकालिसकेका छन् । नेपालसँग जोडिएका नेताहरुलाई फर्किनका लागि सहज वातावरण बनाइदिन २०७५ जेठ २ अघिकै हैसियतमा बैठक आह्वान गरिएको ओली पक्षको दावी छ।
यद्यपी माधव पक्षले जेठ २ अघिको बैठक बसेर त्यस बैठकले एकता प्रक्रियामा समेटिएका माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेत थप्न सकिने भनिरहेका छन् ।
अहिले दुवै पक्षका नेताहरुबीच चलिरहेको वार्ता पनि कुन प्रक्रियाबाट बैठक बस्ने र कसरी सम्बोधन गर्ने भन्नेमै केन्द्रित रहेको छ ।
त्यसो त वार्तामा बसेका माधव पक्षका दोस्रो तहका नेताहरुको भूमिकामाथि समेत नेपाल समूहमै संशय व्यक्त गरिएको छ । माधव नेपालसँग लामो समयदेखि निकट रहेका नेताहरुले वार्ताले आफूहरुको भावना प्रतिनिधित्व नगर्ने बताइरहेका छन् ।
रघुजी पन्त, बेदुराम भुसाल, भीम रावल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, राजेन्द्रकुमार राई, डा।विजय पौडेल लगायतका नेताहरुले जेठ २ मा फर्किदैमा एमाले मिल्न नसक्ने भनिरहेका छन् ।
त्यसमाथि पनि ओलीले बोलाएको बैठकमा जेठ ३ गते थपिएका एमाले र माओवादी केन्द्रबाट एमाले भएकाहरुलाई समेत बोलाइएकाले जान नहुने मत राखेका छन् ।
अब पनि बैठकमा नआउने हो भने माधव नेपाल पक्षको अर्घेलो बाहेक केही पनि नदेखिने ओली पक्षको तर्क छ। अब सबैको हैसियत जेठ २ अघिको एमालेको फर्किएको र यो मौकालाई एकताको पक्षमा सदुपयोग गर्न ओली पक्षका नेताहरूले आग्रह गरेका छन् ।
माधव नेपाल पक्ष बैठकमा सहभागी हुने वा नहुनेबारे अझै दुबिधामा छ । यसबारे छलफल गरेर निर्णय लिन बिहीबार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । असार १६ गते राति सम्म दुवै पक्षका नेताहरु एकता वार्तामा समेत सहभागी भएका थिए ।
माधव नेपाल विपक्षी गठबन्धन छाडेर एमालेमा फर्किन नसक्ने अवस्थामा पुगेकाले अब नेपाल समूहमा रहेका को–को नेता बैठकमा आउछन् भन्ने मात्र बाँकी रहेको एमाले नेताहरु बताउछन् ।
माधव नेपाल सहितको टिम बैठकमा आए तल्ला संरचना र जनवर्गीय संगठनहरुलाई पनि जेठ २ मै फर्काउन सकिने र त्यसका लागि कार्यदल गठन हुनेछ ।
यदि नेपाल पक्ष नआएमा एमाले अहिलेकै संरचनाबाट अघि बढ्नेछ । मात्र एमालेको कमिटीगत संरचना महाधिवेशन आयोजक कमिटीबाट केन्द्रीय कमिटीका रुपमा संचालन हुनेछ । त्यसले एकातिर अदालतको आदेश पालना हुनेछ भने अर्कोतिर अब अनुशासन उल्लंघनमा भएको कारवाहीले वैधानिकता पाउनेछ ।
माधव पक्षलाई भटाभट कारवाही गरेर नतिजामा ओली पक्ष जानेछ। एमालेको विधिवत विभाजन १८ गतेपछि नै आउनेछ। यसैको वरपर आगामी साता सर्वोच्चको फैसला पनि आउनेछ। संवैधानिक र राजनीतिक देशले अप्ठेरो निकास पाउने अपेक्षा गरिएको छ।























