stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

माधवलाई प्रधानमन्त्रीको अफर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विपक्षी गठबन्धनमा सामेल भएका नेकपा (एमाले) बाट निष्काशित नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने फेरि प्रतिबद्धता व्यक्त गरेका छन् ।

असार १२ गते शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको भन्दै गठबन्धनलाई धोका नदिने बताएका छन् ।

नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारेका छन ।

आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइ दिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गरेका छन् ।

उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् ।’

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार नेपाललाई बनाउनु पर्ने ओली समूहका नेताहरुले बताएका थिए । त्यसतर्फ संकेत गरेका नेता नेपालले त्यसलाई अस्वीकार गरेका छन् ।केपी ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य गर्दा नेपालले आफूले अ‍ोलीका कुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छैन, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

himalayan life insurance
igi long