citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुव्वा पुन: नियुक्त

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुन: मुख्यमन्त्री भएका छन् । मुख्यमन्त्रीमा काँग्रेस नेतृत्वको चार दलीय गठबन्धनले बहुमतको दावी सहित पत्र बुझाए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् ।

गुरुङले आज नै सपथ लिने तयारी गरिएको छ । उनी अहिले प्रदेश प्रमुखको निवास पुगि सकेका छन् । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

himalayan life insurance
igi long