stcnepal long ad
global ime bank long

फागुनभित्रै चुनाव हुन्छ, आजैदेखि तयारीमा लाग्‍नुस: प्रधानमन्त्री ओली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकाले त्यसको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन्।

फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकाले सबै कमिटीहरु परिचालित गर्न ओलीले निर्देशन दिएका हुन्। ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

उनले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटेपनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए। ओलीले भने,–‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् ।

पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी खोस्ने ढँगले कोही आउँछ भने त्यसलाई मौका नदिइने बताए। ‘पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन। कम्युनिस्ट पार्टी नयाँ उचाइ र सान र गौरवका साथ अगाडि बढ्छ । यसको नेतृत्व र पहल एमालेले गर्नेछ, उनले भने ।

IME Lifesidebar
kumari