stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल–खनाल पक्षले बनायो २२५ सदस्यीय काठमाडौं समानान्तर जिल्ला कमिटी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा ‘एमाले’ नेपाल(खनाल समूहले २२५ सदस्यीय काठमाडौं समानान्तर कमिटी जिल्ला गठन गरेको छ ।

आइतबार जिल्ला स्तरीय वृहत कार्यकर्ता भेलाबाट बसन्त मानन्धरको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र सह एलपी श्रेष्ठ चयन भएका छन् । भेलामा करिब एक हजार कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

आइतबार बुद्धनगरमा भएको नेपाल–खनाल समुहको भेलाले समानान्तर कमिटीलाई निरन्तरता दिएको हो। उक्त समूहले देशभर समानान्तर कमिटी गठनलाई तिब्रता दिएको छ।

नेपाल समूहले यस अघि अर्घाखाँची, कास्की, उपयपुर, पर्वत, स्याङजा, तनहु लगायतका जिल्लामा समानान्तर संगठन विस्तार गरिसकेको छ । त्यस्तै, अखिल नेपाल महिला संघ, युवा संघ, खेलकुद महासंघ, मुक्ति समाज लगायतका जनवर्गिय संगठनहरुमा नेपाल समूहले समानान्तर संगठन निर्माण गरिसकेको छ ।

IME Lifesidebar
kumari