citizens life insurance long ad
stcnepal long ad

जनता समाजवादी नफुटने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सत्तामा जाने र नजाने,केपी शर्मा ओली सरकारमा जाने कि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सरकारमा जाने वा आफ्नै नेतृत्वमा सरकार बनाउने भन्ने विषयलाई लिएर जसपा फुटने चर्चा भइरहेको छ तर जसपाको एकिकरणको आधार कुर्सी होईन मुद्दा हो , उत्पीडित राष्ट्रियताहरूको मुक्तीका मुद्दाको लागि एकिकृत भएको नेताहरू कुर्सी प्राप्तीका लागि किमार्थ फुटदैन भनिदैछ।

सङघीयताको जननी जसपा हो । आफ्नो घोषणा पत्रमा १०ं१ सहितको मधेस, लिम्बुवान, किरात, शेर्पालुङ, तामसालिङ, नेवा, मगरात, तमुवान, खसान, थरूहट र अल्पसंख्याहरूको २८ भन्दा बढी स्वायत्त क्षेत्रहरू स्थापनार्थ दुई तिहाई बहुमत प्राप्त गरी संविधान सशोधन गर्छु भन्ने दीर्घकालिन लक्ष्य सहित एकिकृत भएको पार्टी लक्ष्यमा पुग्नु भन्दा अगावै किन्चित फुट्दैन भनिदैछ

राजा महेन्द्र शाहको एउटै भाषा र भेषको नाराले मृत्यु सैयामा पुऱ्याएका सयौ मातृभाषाहरूले सरकारी भाषाको मान्यता र सबै जातीका पोशाकले राष्ट्रिय पोशाकको मान्यता नपाएको अवस्थामा जसपा कुनै हालतमा पनि फुट्दैन ।

अकूत सम्पत्ति खर्चेर व्यक्तिले चुनाव लडने र जिते पछि थप करोडौ खर्चेर मन्त्री हुने अनि करोडौको लगानी उठाउन रबौको भ्रष्टचार गर्ने र केही मतको अन्तरले जितेका व्याक्तिले प्राप्त मतको गणना हुने र अन्य हारेका उम्मेदवारहरूले प्राप्त लाखौ मतहरू सबै खेर जाने निर्वाचन प्रणालीको सट्टा मतदातको १ मत पनि खेरा नजाने र व्यक्तिले निर्वाचन लडनु नपर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु नभए सम्म जसपा फुट्ने कल्पना पनि गर्न सकिन्दैन ।

झापाको एउटा निर्वाचन क्षेत्रका मतदातले जिताएर पठाएको व्यक्तिले भ्रष्टचार गरेर कमाएको कालो धनको बलमा सासंदहरूलाई भेडा बाख्रा जस्तै किनेर प्रधानमन्त्री बन्ने, प्रधानमन्त्री बन्नका लागि पार्टी फुटाउने, देश र जनताले चाहेको स्थिर सरकार कहिले नपाउने व्यवस्थाको विकल्प सासंदहरूले कानुन बनाउने, ३ करोड नेपालीले मतले चुनिएको राष्ट्रपतिले सरकार चलाउने प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति हुने व्यवस्था नआएसम्म जसपा फुटने सपना कसैले नदेखे हुन्छ भनिदैछ।

पुर्व राजा ज्ञानेन्द्र शाहको बुहारी हिमानी शाहले तुरून्त नेपाली नागरिकता पाउने , नेकां सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता जोष्टको बंगलादेशी ज्वाई रूबेला चौधरीले तुरून्त नागरिकता पाउने तर मधेसी र तराईका जनतालाई देश विहिन बनाउन र भूपू गोर्खा सेना र तिनका सन्तानको नेपाली नागरिकता खोस्ने लक्ष्य सहित ल्याएको विभेदकारी षडयन्त्रकारी नागरिकता ऐन सशोधन नभए सम्म जसपा चट्टान जस्तै एक ढिक्का हुनेछ ।

१७ हजार नेपाली हत्या गर्ने नाईके प्रचण्ड , मधेस र आदिवासी आन्दोलनकारीहरूको हत्या गर्ने प्रधानमन्त्रीहरू, शिक्षकको हत्या गर्ने एनसेल टावर ध्वस्त पार्ने अपराधीहरू, राज्यको ढुकुटीबाट करोडौ अरबौ भ्रष्टचार गर्ने मन्त्रीहरूलाई जेल सजाय नहुने तर ४३ हजार जनताको मतबाट निर्वाचित माननीय रेशम चौधरी लगायत टिकापुर कैलीली, मधेस तराई आन्दोलनका जेलमा राखेका राजबन्दीहरूको मुद्धा फिर्ता र रिहा नभएसम्म जसपा कसरी फुटन सक्छ रु भन्ने मधेशवादी दलका नेताहरूको भनाइ सुनिदैछ।

IME Life
kumari