कांग्रेस प्रचार विभागमा ४८ सदस्य मनोनित
काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशाधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेका हुन् ।
सूचना संचार तथा प्रचार विभागमा डा. सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।


























