stcnepal long ad
ime life insurance
national life
global ime bank long

वामदेवकाे राष्ट्रिय सभामा जाने चाहाना

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्व निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । गत आइतवारकाे भेटमा प्रधानमन्त्री ओलीसगकाे भेटमा यस्ताे चाहाना राख्दै स्थायी समितिकाे निर्णय कार्यान्वयन गर्न भनेकाे बुझिएको छ।
पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रिय सभामा जान तयार रहेको नेता गौतमले बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा पुनः लैजाने अडानमा छन् । तर, गौतमले चेतावनीको भाषामा मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको ६ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ भनेका छन।
राष्ट्रिय सभामा मैले जान्न भनेकै छैन । बरु फागुनदेखि अहिलेसम्म ७ महिना वितिसक्दा पनि पार्टीको निर्णय लागू भएको छैन । त्यो पार्टीको तर्फबाट यताउता हुनै सक्दैन , पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ गौतम ओलीलाई भनेकाे स्राेतले बताएकाे छ। आफूले राष्ट्रियसभामा जान्न नभनेको बताउँदै गौतमले भनेका छन मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनुपर्छ ।
डा. युवराज खतिवडाको कार्यकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो ।
आफूलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णयका सम्बन्धमा नेता गौतमले स्पष्ट गर्दै भनेका छन – मलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय यथावत छ, त्यो पार्टीको तर्फबाट यताउता हुनै सक्दैन ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित हुने तीन जना छन्, त्यो प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो भने भनेजस्तो बुझियो, त्यो चाहिँ गलत हो ।
राष्ट्रिय सभामा मैले जान्न भनेकै छैन । जान्न भनेको पहिल्यै हो, निर्णय भएपछि त कहाँ जान्न भनेको छु र ? भनेको छैन । पार्टीको निर्णय कार्यान्वयन हुन्छ, म जान्छु भनेको छु ।
बरु फागुनदेखि अहिलेसम्म कति भयो ? ६-७ महिना भइसक्यो । ७ महिनासम्म पार्टीको निर्णय लागू भएको छैन । पार्टीको निर्णय कार्यान्वयन हुनैपर्छ । त्योभन्दा अर्को निर्णय भएको छैन ।
म प्रतिनिधिसभाको निर्वाचनमा जाने भनेको त्यो प्रधानमन्त्री कामरेड केपी ओलीले बैशाख १७ गते वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गर्छु भनेर प्रस्ताव गर्नुभो । अनि २० गते उहाँहरु दुईटा अध्यक्ष मिलेर आउनुभयो र यो (राष्ट्रिय सभामा लैजाने) प्रस्ताव अहिले कार्यान्वयन नगर्ने भन्नुभो र मेलमिलाप गरेर जाने भन्नुभो ।
त्यस्तो बेलामा प्रधानमन्त्रीको त्यो प्रस्तावलाई सेफल्याण्डिङ गर्नका निम्ति भनिएको कुरा हो त्यो । मलाई फेरि प्रतिनिधि सभामा लैजाने भन्ने निर्णय हैन त्यो । उपयुक्त समय भनेर कहाँ हुन्छ र त्यो ।
त्यसो भएको हुनाले राष्ट्रिय सभामा लैजाने पहिलेको निर्णय कार्यान्वयन हुनुपर्छ । मलाई राष्ट्रिय सभामा नलैजाने भन्ने हुँदा पार्टीले फर्मल निर्णय नै गर्नुपर्छ, पहिलेको निर्णय यथावतै छ ।
prabhu mahalaxmi
kumari