citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत चयन

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ ।

नेमकिपाको  भक्तपुरमा सम्पन्न आठौँं  महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन यही फागुन १६ गतेदेखि शुरू भएको थियो ।

२०३१ साल माघ १० मा विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि नै बिजुक्छे सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ ।

उमेरले ८५ वर्ष पुग्नुभएका बिजुक्छेले २०७४ को चुनावबाट संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । त्यसपछि भक्तपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टीका सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशनले पार्टीको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छे, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

महाधिवेशनले मन्जु चौधरी, विनोद बिक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।

IME Life
ofukuro
kumari