citizens life insurance long ad
stcnepal long ad

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) संसदबाट विश्वासको मत लिँदैछन् ।प्रधानमन्त्रीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले संसदीय दलका नेता ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्मा पेश गरेको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । उनले ६३ मत मात्रै पाएका थिए । उनको विपक्षमा १९४ मत परेको थियो ।

कांग्रेसका ८८, एमालेका ७८, राप्रपाका १४, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपा र नागरिक उन्मुक्तिका ४–४ र २ स्वतन्त्र मत पनि विपक्षमा परेको थियो । जुन दुई(तिहाइभन्दा बढी मत हो । यसैले ओलीले आज दुई–तिहाइ विश्वासको मतका लागि तयारी गरेका छन् ।

ओलीलाई एमालेसँगै कांग्रेस, जसपा नेपाललगायत अधिकांश दलले विश्वासको मत दिँदैछन् । उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दलले मतदान गर्दैछन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

IME Life
kumari