sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बागमती मुख्यमन्त्री जम्मकट्टेलले आज चौथो पटक विश्वासको मत लिंदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकबाट चौंथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने अवस्था आएको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

यसअघि तीन पटक सम्म विश्वासको मत पाएर पद जोगाउनुभएका जमकट्टेलले यस पटक विश्वासको मत नपाउने निश्चित छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीसँगको छलफल र माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझाव बमोजिम मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो ।

कुल एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ । जसका कारण जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्न असम्भव देखिन्छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ ।

सात राजनीतिक दल रहेको प्रदेश सभामा काँग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ । तर, संसदमा १३ मत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

राप्रपा संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले बताउनुभयो ।

२०७९ पौष २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका जम्कट्टेललाई राप्रपाले पहिलो पटक विश्वासको मत दिएको थियो । सरकारबाट बाहिरिएपछि दोस्रो पटक राप्रपाले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत थियो ।

गत चैत्र १९ गते तेस्रोपटक मुख्यमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको राप्रपाले चौथो पटक विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको हो ।

नेपाली काँग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । एमाले बागमती प्रदेशको शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मत दिन ह्विप जारी गरेको एमाले बागमती प्रदेश संसदीय दलका मुख्यसचेतक मधुसुदन पौडेलले जानकारी दिनुभयो ।

एमालेले आफ्ना सम्पूर्ण सांसदहरूलाई आइतबार बस्ने प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । यसभन्दा अघि विश्वासको मत नदिएको नेपाल मजदुर किसान पार्टीले यस पटक पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएको छ ।

gold
kumari bank
nawakantipur long