stcnepal long ad
ime life insurance
national life
global ime bank long

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। टिआरसी लगायतका विषयमा सहमति जुटाउन प्रमुख तीन दलका नेताहरु वीचको बैठक प्रधान मन्त्री निवास बालुवाटारमा बसेको छ।

शान्ति प्रक्रियाको पूर्णता र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो।

बैठकमा दलका शिर्ष नेताहरुसहित अन्य नेताहरु पनि सहभागी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता कृष्ण सिटौला, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु सहभागी छन्।

त्यसैगरी बैठकमा पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारी समेत सहभागी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

prabhu mahalaxmi
kumari