citizens life insurance long ad

शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको सम्भावना

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शुक्रबारदेखि आगामी तीन दिन देशभर वर्षाको प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार विशेष बुलेटिन जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

गण्डकीका केही, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश र कर्णाली प्रदेशका एक‍९दुई स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ।

गण्डकी र लुम्बिनीका एक/दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी तीन दिन बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ।

मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने भएकाले वर्षा धेरै हुने देखिएको हो।

IME Lifesidebar
kumari