stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

Nimb long ad
Prabhu Insurance Long Ad

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राख्नुभएको छ भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउनुभएको छ ।

साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाउनुभएको छ ।

साथै, खुशीराम चौधरी विनाविभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री हुनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीयमन्त्री खुशीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई लाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारलाई बहुमत सिद्ध गर्न प्रदेशसभामा रहेका सबै दलसँग संवाद छलफल गरिरहेको बताउनुभयो ।

कूल ५३ सदस्यीय प्रदेशमा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का १०, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का एक र एक स्वतन्त्र सदस्य छन् ।

नेपाली कांग्रेसबाट बझाङ जिल्ला प्रदेशसभामा निर्वाचित पृथ्वीबबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएपछि प्रदेशसभाको एक स्थान रिक्त छ ।

prabhu mahalaxmi
kumari