stcnepal long ad
Himalayan bank

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक आज गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिनुभएको छ ।

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिनुभएको छ । आवश्यक गृहकार्य गरेर पुनः आज बिहान ८स्३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भन्नुभयो ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ ।

तराई(मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादीले आगामी चैत १ गतेदेखि तराई(मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचि लेनदेन ९मिटरब्याज० पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ ।

समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उहाँले बताउनुभयो । मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारले पहल थालिसकेको छ ।

गृहमन्त्रालयले मिटरब्याजपीडितलाई वार्ताका लागि आह्वान गरिसकेको छ भने लघुवित्तपीडितको माग सम्बोधनका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसक्नुभएको छ ।

himalayan life insurance
igi long