नलगाड हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
काठमाडौँ । नलगाड हाइड्रोपवर कम्पनी लिमिटेडको रिक्त प्रमुख कार्यकारी पदका लागि आवेदन माग गरिएको छ ।
खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने भन्दै कम्पनीले सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र (फागुन २९ गते) कार्यालय समयमा दरखास्त पेस गर्न भनेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वरमा रहेको छ । यस सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा राखिएको छ ।