stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

चीनबाट छुट्यो काठमाडौंका लागि कार्गो रेल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । चीनको उत्तर पश्चिम प्रान्त साङ्सीको राजधानीबाट काठमाडौंका लागि कार्गाे रेल छुटेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार नेपालका लागि सियानबाट कार्गो सेवा सुरु भएको हो ।

सिन्ह्वाका अनुसार शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरू बोकेको कार्गोसहितको रेल छुटेको छ । सो रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्सेसम्म आउनेछ ।

सिगात्सेबाट ट्रकले केरुङ तथा तातोपानी नाका हुँदै मालसामान काठमाडौंसम्म ल्याउने भएको छ । सिन्ह्वाले यसका लागि आठ दिन लाग्ने उल्लेख गरेको छ ।

चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरिएको हो ।

चिनियाँ सञ्चारमाध्यमले सान्सी प्रान्तबाट दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलो पटक भएको जनाएका छन् । चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ ।

नेपालको दक्षिणी छिमेकी राष्ट्र भारतसँग सीमा विवाद चर्किरहेको बेला उत्तरी छिमेकी राष्ट्र चीनले भने नेपालका लागि कार्गो रेल सेवा सुरु गरेको हो । चीनले सुरु गरेको कार्गो रेल सेवालाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभका रूपमा चित्रण गरिएको पाइएको छ ।

भारतले पाँच वर्षअघि नेपालमाथि अघोषित नाकाबन्दी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै चीनसँगका नाका खोल्ने निर्णय भएको थियो ।

चीनसँग अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता हटाउने प्रयासअन्तर्गत चीनका समुद्री र सुक्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारवहन सम्झौता गरेको थियो । सो सम्झौता अहिले आएर व्यवहारमै कार्यान्वयन हुन लागेको हो । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari