citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

उपत्यका छिर्ने ६ वटै नाका सिल गर्नुः प्रशासन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २४ गते बुधबार

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुझाव सहितको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

उपत्यका बाहिरबाट भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम औंल्याउँदै काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले अत्यावश्यक सेवा र मानवीय संवेदनासँग सम्वन्धित बाहेक सबैको आवागमन नियन्त्रण हुने गरी कार्ययोजना तयार पारेका हुन् ।

बाहिरबाट मानिसको आवागमन रोक्न सके उपत्यका भित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवा प्रवाहलाई सहज बनाउँदै लगिने रणनीति अपनाउने यस्तो कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

यसैगरी सबै प्रवेश नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मी सहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्स सहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्था सहित क्‍वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव छ ।

 

 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नुवाकोटबाट प्रवेश गर्ने बालाजु माथिको तीनपिप्ले र मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगाती र साँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धित बाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने प्रस्ताव तयार पारिएको बताए ।

ती नाकाको स्थलगत निरीक्षणका लागि मंगलबार दिनभर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको सुरक्षा टोली पुगेको थियो ।

लकडाउन कार्यान्वयन सम्बन्धी कार्ययोजना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पेस गरिने छ । त्यसपछि आवश्यकता र औचित्य हेरेर सीसीएमसीले निर्णय गर्ने उनले बताए । आजको कान्तिपुर दैनिकबाट

gold
himalayan life insurance long ad
kumari bank