stcnepal long ad
nabil bank
Himalayan bank
national life

कोरोना भाइरसबाट विदेशमा ४९ नेपालीको निधन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा ४९ जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघका अनुसार बेलायतमा ३३ जना, अमेरिकामा १० जना, सयुक्त अरब इमिरेट्स (यूएई)मा दुई जना नेपालीको ज्यान गएको छ। आयरल्यान्ड, जापान, टर्की र नेदरल्यान्डमा एक÷एक जना नेपालीको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघका अनुसार विभिन्न देशमा एक हजार नौ सय ८२ नेपालीमा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये अमेरिकामा मात्रै एक हजार जना नेपालीमा कोरोना संक्रमण संक्रमण देखिएको छ। बेलायतमा सात सय, यूएईमा ८१, बहराइनमा ४९, कुवेतमा ४२, पोर्चुगलमा २७, आयरल्यान्डमा २२, स्पेनमा १२ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै अस्ट्रेलियामा ११, स्विट्जरल्यान्डमा ५, बेल्जियममा ६, साउदी अरबमा ४, जर्मनीमा ४ जना संक्रमित भएका छन्। मलेसिया, क्यानडा, न्युजिल्यान्ड र साइप्रसमा ३÷३ जनामा कोरोना संक्रमण देखिएको छ। जापान, हङकङ, माल्टामा २÷२ र फ्रान्समा एक जनामा कोरोना संक्रमण देखिएको संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए।

विश्वभर रहेका नेपाली विज्ञ चिकित्सकको टोलीले तयार पारेको तथ्यांकअनुसार २४ देशमा नेपालीमा कोरोना संक्रमण भएको छ। कोरोनाको संक्रमणबाट मुक्त भएर चार सय ३४ जना जना नेपाली घर फर्किएको सापकोटाले बताए।

समितिले विभिन्न अस्पतालमा कार्यरत ३६ जना चिकित्सक, नेपाली कूटनीतिक नियोग, संघका देशका पदाधिकारी र स्थानीय संघ संस्थाका पदाधिकारीद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ। संघले हरेक आइतबार सूचना सार्वजनिक गर्ने गरेको छ।

संघका उपाध्यक्ष बद्री केसीका अनुसार संघले कोरोना व्यवस्थापन समिति र त्यसअन्तर्गत स्वास्थ्य उपसमिति बनाएर कोरोनाबारे सूचना व्यवस्थापनका साथै सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ। दुई सय १० देशमा कोरोना भाइरस संक्रमण देखिएको छ। एक सय १० देशमा नेपालीको बसोबास छ। सबै देशमा कूटनीतिक नियोग छैनन्। गैरआवासीय नेपाली संघका ८३ देशमा राष्ट्रिय समन्वय समिति क्रियाशील छन्। कतिपय व्यक्ति खुल्न नचाहने भएकाले पनि कुन देशमा कति नेपालीमा कोरोनाको संक्रमण देखिएको छ भन्ने यकिन तथ्यांक भने प्राप्त हुन सकेको छैन।

नेपालीको बसोबास मलेसिया र खाडी मुलुकमा धेरै छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया तथा खाडी मुलुकमा १८ लाख श्रमिक कार्यरत छन्। वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा पुगेका छन्।

गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कार्यरत ३० हजार नेपालीले संघको पहलबाट राहत पाएको बताइएको छ। संघका उपाध्यक्ष केसीले सरकारसँग सहकार्य गरेर वैदेशिक रोजगार कोष प्रभावकारी बनाउन चाहेको बताए। संघले सहकार्यका लागि कायविधि बनाएर आफ्नो अवधारणा सरकारलाई बुझाइ सकेको छ। गैरआवासीय नेपाली संघले २४ घन्टे हटलाइन सेवा सुरु गरेर विभिन्न देशबाट सूचना संकलन गर्दै जनाएको छ। संघले मध्यपूर्वका देशमा समिति बनाएर त्यहाँको सरकार तथा सामाजिक संस्थासँग सहकार्य गरि कोरोनाविरुद्घ काम गरिरहेको जनाएको छ। कतार सरकार र यूएई प्रहरीसँग मिलेर राहत र उद्दारको काम गरिरहेको जनाएको छ। संघले चीनबाट कोरोना संक्रमण सुरु हुनासाथ अध्यक्ष कुमार पन्तको नेतृत्वमा कोरोना उच्चस्तरीय समिति गठन गरेको थियो।

श्रमविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीमा रहेका कामदारबारे सरकारले चासो नदिनु दुःखद् भएको बताए। दूतावास नै सक्रिय भएर कामदारको वर्गीकरण गरी प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने उनले बताए। आजको अन्नपुर्ण दैनिकबाट

kumari bank
kumari
nawakantipur long