stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

जोरपाटी–सुन्दरीजल सडकको काम फेरि शुरु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार

काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी भएपछि रोकिएको जोरपाटी–सुन्दरीजल सडकको काम सुरक्षाका उपाय अपनाई फेरि शुरु गरिएको छ । जोरपाटी–सुन्दरीजल सडकमा ढलको पाइप बिच्छ्याउने र रूख हटाउने काम बन्दाबन्दी जारी रहे पनि शुरु गरिएको हो ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार जोरपाटी–सुन्दरीजल सात किमी सडकको दुवै भागमा ढलका लागि हिमपाइप बिच्छ्याउने र रूख काट्ने काम सुरु भएको छ, यो मार्गमा ६७ रूख काट्नुपर्नेमा तीन दिनअघि देखि काम सुरु गरी २१ रूख काटिएको छ ।

 

 

पाइप बिच्छ्याउन आठ र रूख काट्न छजना कामदार परिचालन गरिएको छ । काम सुरु भएको तीन दिनमा १०० मिटर सडकको दुवैतिर ह्युम पाइप राखिएको आयोजनाले जनाएको छ । बन्दाबन्दी सुरु हुनुअघि दुई किमी सडकको दुवैतिर ह्युम पाइप राखिएको थियो ।

आर्थिक वर्ष २०७२७३ मा ठेक्का भएको सडक गत असार मसान्तमै सकिनुपर्ने योजना थियो । सात किमीको दूरीमा ८०० भन्दा बढी घर पर्ने कारणले म्याद सकिने बेलासम्म कामसमेत सुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।

सडकको केन्द्रविन्दुबाट ११/११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजना भए पनि गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात/सात मिटर विस्तार गर्ने गरी सहमति भएको छ । सार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११/११ मिटर सडक नै बनाइने जनाइएको छ ।

आगामी असार मसान्तसम्म सडकको म्याद थप गरिएकामा हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको सूचना अधिकारी देवकोटाले बताए । असार मसान्तसम्म काम नसकिने भएपछि अर्को एक वर्ष म्याद थपको प्रक्रिया पनि सुरु भइसकेको छ ।

नगरपालिकाको मुख्य सडक भएकाले छिटो सम्पन्न गर्न रुख काट्ने र ढल हाल्ने काम सहजीकरणका लागि सहयोग नगर प्रमुख सन्तोष चालिसे बताउनुहुन्छ । रुख काट्ने र ढल हाल्ने काम मात्र सक्दा पनि धेरै काम हुने भएकाले रोगको सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाएर काम भइरहेको उनले बताए । रासस

 

prabhu mahalaxmi
kumari bank
kumari