citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

फोहोर व्यवस्थापन प्रभावकारी

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौँ । कोराना भाइरसविरुद्ध गरिएको लकडाउनको समयमा पनि उपत्यकाको फोहोर व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको छ । फोहोर सङ्कलन र व्यवस्थापन नियमित रूपमा गरिरहेको स्थानीय तहले बताएका छन् । शुक्रबार लकडाउनको १८औँ दिन हो ।
लकडाउन भएपछि स्थानीयवासीले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्न दिएका थिएन । अहिले सिसडोलमा अवरोध हटेपछि काठमाडौँ र ललितपुर महानगरपालिकाको फोहोर ल्यान्डफिल साइट लगिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिका वातावरण शाखाका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाबाट दैनिक उठ्ने फोहोरको मात्रा अहिले घटेको बताउनु भयो । उहाँका अनुसार यसअघि साधारण अवस्थामा दैनिक चार सय ट्रकसम्म फोहोर ल्यान्डफिल साइट लगिन्थ्यो । लकडाउनको समयमा भने घरायसी फोहोर मात्र सङ्कलन र व्यवस्थापन गर्नुपर्ने भएकाले फोहोरको परिमाण घटेको बताउनुभयो ।

अहिले काठमाडौँ महानगरपालिकाले १२० देखि १२५ ट्रक फोहोरमैला ल्यान्डफिल साइट पु¥याइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्क, पञ्जा र बुट जस्ता सामग्री उपयुक्त तरिकाले प्रयोग गर्न सचेत गराइएको उहाँले बताउनुभयो ।
बजारमै अभावका कारण व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) भने सबै सफाइ कर्मचारीलाई दिन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै सफाइ कर्मचारीलाई पीपीई वितरण गर्ने प्रयास गरिरहेका छौँ । विभिन्न ठाउँबाट प्राप्त एक सय थान पीपीई भने वितरण गरिसकेको जानकारी दिनुभयो । पीपीई नभए पनि नगरपालिकाले बर्सेनि वितरण गर्ने मास्क, पञ्जा र बुट नियमित प्रयोग गर्न प्रोत्साहन गरिरहेको बताउनुभयो ।
उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट वरपरका स्थानीयवासीलाई पनि मास्क, पञ्जा, सेनिटाइजर तथा सफाइ सामग्री र ज्वरो जाँच्ने उपकरण चाँडै वितरण गरिने वातावरण विभाग प्रमुख श्रेष्ठले बताउनुभयो ।
त्यस्तै उहाँले काठमाडौँ महानगरपालिकाले सरसफाइ कर्मचारीको दैनिक थर्मल ज्वरो जाँच र स्वास्थ्य निगरानी गरिरहेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाको पनि फोहोरमैला सहज तरिकाले सङ्कलन र व्यवस्थापन भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । महानगरपालिकाले दैनिक रूपमा घरायसी फोहोरमैलाको सङ्कलन र व्यवस्थापन गर्दै आएको उहाँले बताउनुभयो ।
महानगरपालिकाले सरसफाइ कर्मचारीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध पनि गरिएको उहाँको भनाइ छ । उहाँले महानगरका झन्डै १५० जना फोहोरमैला व्यवस्थापनमा प्रत्यक्ष संलग्न कर्मचारीलाई पीपीई वितरण गरिसकेको जानकारी दिनुभयो । ललितपुर महानगरपालिकाको फोहोरमैला पनि सिसडोल ल्यान्डफिल साइटमा नै व्यवस्थापन गरिँदै आएको छ ।
भक्तपुर नगरपालिकाले भने पहिलेभन्दा पनि सङ्क्रमणको अवस्थामा सहर अझ सफा राख्नुपर्छ भनी सम्पूर्ण सफाइकर्मीलाई परिचालन गरिएको जनाएको छ । नगरपालिकाका सरसफाइ शाखा प्रमुख दिलीप सुवालले भक्तपुर नगरपालिकामा फोहोरमैला सङ्कलन र व्यवस्थापनमा निजी कम्पनीको संलग्नता छैन, त्यसैले लकडाउनको बेला पनि नगरपालिकाले आफ्ना सफाइ कर्मचारीलाई नियमित परिचालन गर्न सहज भएको छ भन्नुभयो ।
उहाँले नगरपालिकाले लगभग १५० सरसफाइ कर्मचारीलाई मास्क, पञ्जा लगायत सामग्री दिएको जानकारी दिनुभयो । सफाइ कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि अहिले विशेष प्रकारको वान् पिस पोसाक पनि सिलाउँदै वितरण गरिरहेको प्रमुख सुवालले बताउनुभयो ।
फोहोरमैला सङ्कलन गर्न जाने कर्मचारीले सुरक्षा सामग्रीको उचित प्रयोग गरे नगरेको विषयमा दैनिक वडा निरीक्षकबाट रिपोर्ट लिने गरिएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले सामान्य दिनमा ३० टन फोहोरमैला सङ्कलन गर्ने गरेकोमा अहिले एक वा दुई टन मात्र कमी आएको प्रमुख सुवालले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट

gold
himalayan life insurance long ad
kumari bank