stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मेलम्चीको काम रोकिएको छैन तर सुस्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ ।

झन्डै २५० मजदुरले दैनिक काम गरिरहेका थिए तर कोरोना भाइरसको त्रासले स्थानीय मजदुर घर फर्किएपछि हाल साइटमा सय जना मजदुरले काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
लकडाउन सुरु भएपछि साइटमा चिनियाँ ४० र नेपाली ६० गरी जम्मा सय जना कामदारमार्फत आयोजनाको काम हुँदै आएको छ । स्थानीय कामदार घर फर्किए पनि जिल्लाबाहिरका नेपाली कामदार भने लकडाउनका कारण घर जान नपाएर साइटमै बसेका छन् । तिनै घर जान नपाएका कामदारबाट आयोजनाको काम सुचारु छ । हाल हेडवक्र्स निर्माणको काम भइरहेको समितिले जनाएको छ ।
कामको गति कम भएपछि तोकिएको समयमै काम सकिनेमा भने आशङ्का बढेको छ । खानेपानी मन्त्रालयले एक महिनाअघि बताए अनुसार असारका मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी काम भइरहेको भन्दै श्वेतपत्र जारी गरेको थियो तर लकडाउनको अवधिमा काम हुन नसकेपछि तोकिएको समयमा सकिन्छ कि सकिँदैन भन्ने कुरा अन्योलमा भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले भन्नुभयो, “हेडवक्र्सको काम भइरहेको छ, मजदुर थोरै भएका कारणले काम सुस्त भएको छ, आगामी वैशाख दोस्रो हप्ता हामीले समयावधिका बारेमा छलफल गर्छौं, लकडाउनमा कति काम हुन सकेन, कति हुनुपथ्र्यो, तोकिएको समयमै सकिन्छ कि सकिँदैन, अब के गर्नुपर्छ भनेर हामी रिभ्यु गर्छौं, निर्माण कम्पनीले के भन्छ त्यो पनि बुझ्नुपर्छ । ” आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari