stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

आजबाट क्वारेन्टाइनको अनुगमन गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्थापनका विषयमा शुक्रबार छलफल गर्नुभएको छ ।

सरकारले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार स्थानीय तहले काम गरे नगरेको विषयमा अनुगमन समेत थालिने जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री मानन्धर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो ।

राज्यमन्त्री मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुभएको हो ।

छलफलमा राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनबारे जानकारी लिन आज शनिबारदेखि अनुगमन गरिने जानकारी दिनुभएको राज्यमन्त्री मानन्धरको सचिवालयले जनाएको छ ।
राज्यमन्त्री मानन्धरले विपद्को सामना गर्न स्थानीय तहले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री मानन्धरले उपत्यकाको क्वारेन्टाइनको अवस्था र तयारीबारे दुई दिन भित्र मन्त्रिपरिषद्लाई जानकारी दिनुपर्ने बताउनुभयो । हालसम्म भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ ।

यस्तै, ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौँको पशुपतिमा ७० बेड क्षमताको क्वारेन्टाइन रहेको छ ।

prabhu mahalaxmi
kumari