citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताउनुभयो । “सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्याङ्क सुरक्षित भएका छन् ।” उहाँले भन्नुभयो, “सूचना प्रविधिलाई उद्योगका रूपमा प्रवद्र्धन तथा विकास गरी स्थानीय तहमा रोजगारीको सिर्जना भएका छन् ।”

सूचना प्रविधिको विकासले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धन भएका छन् । भौगोलिक विविधता रहेको नेपालमा सूचना, सञ्चार र प्रविधिको तीव्र विकास र प्रयोगबाट ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकास भई जीवनस्तर माथि उठ्ने सहयोग पुगेको छ ।

सूचना प्रविधिको पहँुचसँगै गाउँका नागरिकले सूचना र प्रविधिको अधिकतम रूपमा प्रयोग गर्न थालेको विभागले जनाएको छ ।

विभागका अनुसार स्थानीय तहमा मोबाइल एप र इन्टरनेटको राम्रो प्रयोगले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । विभागले स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउनका सबै स्थानीय तहको एउटै मोबाइल एप निर्माण गर्ने कार्यलाई तीव्रता दिइएको छ । उहाँँका अनुसार अहिलेसम्म ७५३ स्थानीय तहमध्ये ६८८ स्थानीय तहमा मोबाइल एप निर्माण भइसकेका छन् ।

प्रदेश १ मा १३४, प्रदेश २ मा ८२, बागमतीमा ११८, गण्डकीमा ८३, लुम्बिनीमा १०६, कर्णालीमा ७९ र सुदूरपश्चिममा ८६ गरी ६८८ स्थानीय तहमा मोबाइल एप निर्माण भएका छन् । बाँकी ६५ स्थानीय तहमा मोबाइल एप बनाउने क्रम जारी छ ।

महानिर्देशक श्रेष्ठका अनुसार मोबाइल एपबाट स्थानीय तहले प्रदान गर्ने सेवा, कार्यक्रम तथा परियोजना, ऐन, नियम, वडाका विवरण, पालिकाभित्रका महìवपूर्ण स्थान, आपत्कालीन सम्पर्क नम्बर लगायतका अन्य सूचना जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । साथै सुझाव तथा गुनासो पेस गर्न समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद गर्न सकिने उहाँले बताउनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नगरपालिका सङ्घका अनुसार गाउँदेखि सहरसम्म सूचना र प्रविधिको प्रयोग गरी गाउँपालिका र नगरपालिकाको नीति, कार्यक्रम, बजेट, योजना तर्जुमा विधि, नियमित कार्यसम्पादनका कामका वेबसाइटमा र मोबाइल एपबाट सजिलै जानकारी पाउन सकिने जनाएका छन् ।

नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहमा मोबाइल एपसँगै सूचना र प्रविधिको विकासले स्थानीय तह प्रविधिमैत्री भएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई सेवा सर्वसुलभ र सहज पार्न मोबाइल एप र वेबसाइड लगायतका सूचना प्रविधिले सहयोग पुगेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउने काममा आवश्यक सहजीकरण र समन्वय गर्दै आएको छ । ७५३ वटै स्थानीय तहमा सूचना प्रविधि अधिकृतको व्यवस्था गरी उहाँहरूलाई दक्ष बनाउने कार्य मन्त्रालयले गरेको छ । मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले स्थानीय तहका सूचना अधिकृतलाई तालिम प्रदान गर्न आवश्यक सहयोग गर्दै आएको छ । आजको गोरखापत्र दैनिकबाट

himalayan life insurance
igi long