citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सरकारले सवारीको भाडादर सार्वजनिक

भाडा बढ्यो लामो दूरीका सवारी साधनको 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो ।

असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक गरेको हो । विभागले बढेको भाडादर दुई वा दुईभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागु हुने जनाएको छ । अघिल्लो सरकारले यात्रु बाहक सवारी साधनमा २८ प्रतिशत भाडा बढाएको थियो ।

पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशत भाडा बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबहाक सावरीको २६ प्रतिशतले भाडा बढेको छ ।

himalayan life insurance
igi long