citizens life insurance long ad
stcnepal long ad

मौज्दातमा रहेको खोप सकिएकाले काठमाडौंमा खोप अभियान स्थगित

चीनबाट थप खोप आएपछि खोप अभियानले निरन्तरता पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चीनबाट खोप आउने बित्तिकै खोप अभियानले निरन्तरता पाउने भएको छ । मौज्दातमा रहेको खोप सकिएकाले काठमाडौंमा खोप अभियान स्थगित भएको छ ।

अरु जिल्लाहरुमा प्रशासन र पालिकाको समन्वयमा केन्द्र र दिन निर्धारण गरेर खोप लगाउने काम भइरहेको छ । आउँदो ७ गतेपछि फेरि चीनबाट खोप आउन थाल्ने भएकाले अभाव नहुने खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

खोप आउने बित्तिकै यस अघि छुट्याइएको प्राथमिकता अनुसार उमेर र समूहको आधारमा खोप लगाइने डा. गौतमले  बताउनुभयो । यसअघि अर्को लटको खोप लिन नेपाल वायुसेवा निगमको जहाज अस्ति चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।निगमले आउँदो ६ गतेदेखि तीन उडान मार्फत नियमित खोप ल्याइने जनाएको छ ।

निगमका अनुसार चीनसँग खरिद गरिएका खोप लिन ६ गते गएर ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते फेरि जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ ।

यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । यसैगरी सरकारले खरिद गर्ने बाहेक कोभ्याक्स सुविधा मार्फत पनि खोप ल्याइरहेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले १८ वर्षभन्दा माथिका दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

IME Life
kumari