stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

चीनले आठ महिनादेखि रसुवागढी नाका खोल्न नमान्दा १५ सय कन्टेनर उतै, करोडौंको नोक्सानी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चीनसँगको व्यापारको प्रमुख नाका रसुवागढी हुँदै चीनसँग हुने व्यापारमा ८ महिनादेखि जारी विभिन्न अवरोधका कारण १५ सयभन्दा बढी कन्टेनर केरुङमै रोकिएका छन् ।

गत माघमा हिमपातका कारण रोकिएको नाका त्यसपछि कोरोना महामारी सुरु भएपछि ६ महिनासम्म बन्द रहेको थियो । हाल नाका खुले पनि चीनले दैनिक सरदर ५ वटा ट्रकलाई मात्रै नेपाल प्रवेश गर्न दिइरहेको छ ।

अझ सामान लोड–अनलोड गर्ने एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि त दुई सातादेखि रसुवागढी–केरुङ नाका पुनः पूर्ण रूपमा बन्द भएको छ ।

अहिले पनि चिनियाँ पक्षले केरुङ नाकाबाट नेपाली ट्रकचालकलाई प्रवेश दिएको छैन । नाका एकतर्फी रूपमा सञ्चालनमा रहेका कारण निर्यात शून्य नै छ ।

कोभिडको जोखिम देखाउँदै चिनियाँ पक्षले मितेरीपुलसम्म सामान ल्याएर झारिदिने र त्यहाँबाट नेपाली पक्षले लोड गरेर नेपाल ल्याउनुपर्ने व्यवस्था गरिएको छ । यसरी दिनमा सरदर ५ वटा ट्रक मात्रै पास हुने भएकाले सो नाकामा कन्टेनरको लाइन लागेको हो ।

नेपाली व्यवसायीले अघिल्लो वर्ष नै मगाएका लत्ताकपडा, जुत्ता, मेसिनरी, विद्युतीय सामग्री, कच्चा पदार्थ, फलफूल तथा खाद्यान्नलगायत सामग्रीका कन्टेनर अड्किँदा एकातर्फ ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ भने अर्कातर्फ बजारमा त्यस्ता वस्तुको अभाव देखिन थालेको छ ।

यो वर्षको दसैँलाई मगाइएका मात्रै होइन, अघिल्लो जाडो सिजनकै लागि लोड भएका सामग्रीसमेत केरुङमा अड्किएपछि त्यसलाई छुटाउन नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको छ । तर, चीनले नेपालमा कोरोनाको उच्च जोखिम रहेको भन्दै नाका पूर्ण रूपमा खोल्न मानेको छैन । आजको नयाँपत्रिका दैनिकबाट ।

prabhu mahalaxmi
kumari