stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

  बुधबारबाट स्थगित माउन्टेन इनर्जीको आइपीओ बिक्री खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपालले यसअघि स्थगित गरेको आइपीओ बुधबार भदौ ३१ गतेबाट फेरि बिक्री खुला गर्ने भएको छ । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि खुला हुनेछ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।

माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ ।

यसअघि साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गर्न लागेको आइपीओ कम्पनीले देशभर जारी बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि आइपीओ बिक्री कार्य स्थगित गरेको थियो ।

prabhu mahalaxmi
kumari