stcnepal long ad
global ime bank long

सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोकृष्ट कर्मचारी पाएन। विगत चार वर्षदेखि सरकारले सर्वोकृष्ट निजामती सेवा पुरस्कार कसैलाई दिएको छैन। । सरकारले १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ।

पुरस्कृत अधिकांश सिंहदबारभित्रका परेका भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ। उत्कृष्टमा अझ अधिकृतस्तरका कर्मचारी मात्रै छन्। एक जना मात्रै हल्का सवारी चालक छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका हल्का सवारी चालक धनबहादुर लामा पुरस्कृत भएका छन्।

उत्कृष्ट कर्मचारीमध्ये नापी विभागका महानिर्देशक प्रकाश जोशीले लिम्पियाधुरा सहितको नेपालको नयाँ, अध्यावधिक नक्सा बनाउन योगदान गरेका छन् ।

जनकराज दाहाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुन्। यस्तै पुरस्कृत उषादेवी देवकोटा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी छैटौं तहकी अधिकृत हुन्।

उनको कोभिड—१९ मा नर्सिङ सेवा प्रदान गरेको योगदान छ । अन्य उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने नेपाली राजदूतावास, बेइजिङका सहसचिव सुशीलकुमार लम्साल, कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल, संघीय मामिला मन्त्रालयका उपसचिव डिलाराम पन्थी, आयोजना कार्यान्वयन निर्देशनालय अनामनगरका सीडीई सुरतकुमार वम, लोक सेवा आयोगका उपसचिव टामलाल पाण्डे र कमल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टसहित ३० जना कर्मचारीलाई निजामती पुरस्कार दिइएको छ। विष्टको गत भदौ ९ गते नै स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा भइसकेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल, सर्वोच्च अदालतका सहरजिस्ट्रार भीमकुमार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइराला, सडक डिभिजन, काठमाडौंका सीडीई कुवेर नेपाली र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव रोशनीदेवी कार्की पनि पुरस्कृत भएका छन्। यसैगरी पुरस्कृत हुनेमा प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जनकुमार मि श्र, कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाका प्रमुख कोष नियन्त्रक डा। वीरेन्द्रकुमार मि श्र, ऊर्जा, जलस्रो तथा सिँचाइ मन्त्रालयमा सीडीई बाबुराज अधिकारी, सुर्खेत वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल छन्।

पुरस्कृत हुनेमा महालेखापरीक्षकको कार्यालयका लेखा परीक्षण अधिकारी रञ्जितकुमार भट्ट, डीएलपीआईयू बिल्डिङ सिन्धुपालचोकका इन्जिनियर सन्तोष निरौला, जिल्ला हुलाक रोल्पाका हुलाक अधिकृत सावित्री पौडेल बेलबासे, पुरातत्व विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी थापा छन्। मन्छयायेम गाउँपालिका तेह्थुमका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जी, सत्य निरूपण तथा मेलमिलाप आयोगका शाखा अधिकृत इन्दिरा ज्ञवाली, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता गजराज घिमिरे र मेची भन्सारकी नायब सुब्बा नानुका पोखरेल आचार्य छन्।

यसैगरी उच्च अदालत,पोखराका नासु प्रकाश प्रेमी गैरे, श्रम तथा रोजगार कार्यालय,कैलाली नासु जयदेव विष्ट, जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्ट, कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनिला मादेन, राष्ट्रपतिको कार्यालयका खरिदार सुदर्शन खनालले पनि निजामती सेवा पुरस्कार पाउनेछन्। यस्तै पुरस्कृत हुनेमा जिल्ला अदालत बाँकेकी तामेलदार शिमला श्रेष्ठ, सगरमाथा राष्ट्रिय निकुञ्ज, सोलुखुम्बुका गेम स्काउट भरतकुमार कार्की छन्। चार जना कार्यालय सहयोगीले निजामती सेवा पुरस्कार पाउने भएका छन्। पुरस्कृत हुने कार्यालय सहयोगीमा जिल्ला सरकारी वकील कार्यालय धनुषाका उमेश घटवार, जिल्ला प्रशासन कार्यालय बागलुङका सरस्वतीकुमारी श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका गेदलाल खत्री, निर्वाचन आयोगकी कमला थापा र अर्थ मन्त्रालयका अनुज फुयाँल छन्। उत्कृष्ट कर्मचारीले एक लाख रुपैयाँ र सम्मानपत्र तथा निजामती पुरस्कार पाउनेले ५० हजार नगद र सम्मानपत्र पाउनेछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

IME Lifesidebar
kumari